Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 27, 2026
बिहिबार, जेष्ठ १४, २०८३

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुदै

पहिलाे पटक २०६३ मा प्रत्यारोपण गरिएको थियो

User Photo आइतवार, फाल्गुन १८, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । यसअघि २०६३ मा प्रत्यारोपण गरिएको थियो ।

वर्षौंदेखि रोगसँग संघर्ष गर्दै

‘मेनिन्जाइटिस’ भएर सन २०१३ मा प्रम ओली शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्न पुगेका थिए । त्यहाँ उपचार गरेको केही दिनपछि डा. दिव्या सिंहले ग्राण्डी ‘रिफर’ गरेकी थिइन् । ग्राण्डीमा पनि उपचार नभएपछि उनी ओलीसँगै बैंकक गएकी थिइन् ।

बैंककमा महिना दिनभन्दा लामो उपचारपछि ओलीको अवस्था खतराबाट मुक्त बनेको थियो । त्यतिबेला कडाखालको ‘मेनिन्जाइटिस’ सँगै निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो । स्वास्थ्यमा हेलचेक्र्याइँ र चिकित्सकको सल्लाहबिना औषधि खाएकाले सिकिस्त भएका थिए । कडा मेनिन्जाइटिसले गर्दा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.