Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

काेराेना नेगेटिभ भन्दै घर पठाएकालाई संक्रमण देखिनु लावरवाही कि हतार ?

घनगढीकी चौथो संक्रमितलाई पनि घर पठाइसकेपछी काेराेना पुष्टी देखिएकाे थियाे

User Photo सोमवार, बैशाख १, २०७७
काठमाण्डाै ।

यापिड टेष्टमा नेगेटिभ आएकाे भन्दै घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयाे । याे दाेस्राे घटना हाे, पुर्ण रूपमा ढुक्क नभएरै घर पठाएकाे । यस अघि पनि घनगढीकी चाैथाे संक्रमितलाई यसैगरी संक्रमणकाे लक्षण नदेखिएकाे भन्दै घर पठाइएकाे थियाे र पछी काेराेना पुष्टि भएकाे थियाे ।

आज ६५ वर्षीया महिलामा पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। तर उनलाई पनि र्‍यापिड टेष्ट किटबाट परीक्षण गर्दा नेगेटिभ देखिएकाे थियाे र उनलाई घर पठाइएकाे थियाे ।

उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए । स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । उनीहरूले नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए तर जन प्रतिनिधीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थिए ।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् ।

तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भयाे । अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको याे कैलालीको दोस्रो घटना हो । यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । याे हुनु र दाेहाेरिनु निकै जाेखिमपुर्ण हाे । यसरी घर गएका झन ढुक्क साथ घर व्यावहारमा फर्किने सम्भावना हुन्छ । जसकाे चुनाैति कति बढी हाेला ?

याे गल्ती दाेहाेरिनु हुदैन । केही समय थप क्वारेन्टाइनमा राखेर पुर्णरूपमा निर्क्याैल गरेर मात्र घर पठाउनु पर्ने र यसका लागी थप तयारी र हाेसियार गर्नुपर्ने देखिएकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.