Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

पछिल्ला रिपोर्टहरु नेपालका लागि खतराको घण्टी, थप एक्सन लिदै सरकार

संक्रमणविरुद्ध अझ कठोर हुनुपर्ने भन्दै सर्वसाधारणलाई साबधानी अपनाउन अपिल

User Photo सोमवार, बैशाख १, २०७७
काठमाण्डाै ।

सरकारले पछिल्ला केही रिपोर्टहरुले कोभिड १९ संक्रमणविरुद्ध अझ कठोर हुनुपर्ने भन्दै सर्वसाधारणलाई साबधानी अपनाउन अपिल गरेको छ । केही कष्ठ सहेर पनि सरकारका निर्णय र निर्देशनहरुको पालना गर्न कोभिड १९ विरुद्धको उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले आग्रह गरे ।

पछिल्लोपटक रौतहट र कैलालीमा संक्रमित भेटिनु र काठमाडौंमै तीन जना शंकास्पद व्यक्तिको र्‍यापिड टेस्टमा पोजेटिभ देखिनु खतराको घण्टी भन्दै सरकारले थप सावधानीको तयारी गरेको हो । विपत व्यवस्थापन परिषदको बैठकपछि कुरा गर्दै मन्त्री भट्टराईले सरकार पछिल्ला रिपोर्टहरुपछि थप एक्सनमा गइरहेको बताए ।

उनले भने- हामीले जनतालाई थप सावधानी अपनाउन र जहाँ हो त्यो ठाउँबाट अन्यत्र नहिड्न अपिल गरिरहेका छौं । खास गरी विदेशबाट पछिल्लो समय भारतबाट प्रवेश गरेकाहरुमा परीक्षणको दायरा पनि बढाइरहेका छौं । दुई नम्बर र सुदूर पश्चिम प्रदेशलाई पछिल्लो एक्सनको केन्द्र बनाउने योजना हाम्रो छ ।

सरकारले र्‍यापिड टेस्ट किट र पीसीआर दुबै माध्यमबाट परीक्षणको दायर अझ बढाइरहेको मन्त्री भट्टराईले बताए । प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा साधन स्रोत र जनशक्ति केन्दि्रत गरिने र काठमाडौं उपत्यकामा पनि परीक्षणको दायर बढाउने प्रक्रिया शुरु भएको मन्त्री भट्टराईले जानकारी दिए ।

उनले विदेशबाट आएकालाई अपिल गर्दै भने- जनस्तरबाटै सतर्कता र सजगता अपनाउँ । विदेशबाट कोही आउनुभएको छ भने आफैं परीक्षणका लागि तोकिएका स्वास्थ्य केन्द्रमा जानुस्, निःशुल्क जाँच हुन्छ । अथवा जो साथमा छिमेकमा हुनुहुन्छ, उहाँहरुले त्यस्ता व्यक्तिलाई परीक्षणका लागि प्रोत्साहन गर्नुस् । यो लडाइँ सरकार र जनता मिलेर मात्र जितिन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.