Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

गोरखाका एक युवामा पनि कोरोना पोजेटिभ देखियाे

User Photo मङ्लबार, बैशाख २, २०७७
काठमाण्डाै ।

विदेशबाट फर्किएका गोरखाका एक युवामा पनि कोरोना पोजेटिभ देखिएको छ । मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण विधि (आरडिटि) बाट परीक्षण गर्दा ३१ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताएका छन।

ती युवा बहराइनबाट गत चैत १ गते नेपाल आएका थिए। विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा उक्त युवाको रिपोर्ट पोजिटिभ देखिएको आरुघाटका स्वास्थ्य संयोजक विजय श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार अनुसार उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। यस्तै फागुनमा दुवइबाट फर्किएका ३१ वर्षीय अर्का एक जनाको आरडिटिमा रिपोर्ट नेगेटिभ आए पनि उनको पनि स्वाब काठमाडौं पठाइएको छ। उनीहरु दुवैजना आरुघाट गाउँपालिका वडा नम्बर ५ का हुन्।

यसअघि उनिहरुलाई कोरोनाका कुनै लक्ष्यण नदेखिएको बताइएको छ। उनीहरुको परिवारलाई होम क्‍वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य कार्यालयको आयेजनामा आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाले विदेशबाटफर्किएका २२ जनामध्ये २० जनाको कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गरेको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.