Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

आरडीटी परिक्षणमा पोजेटिभ देखिएका गोरखाका युवकमा कोरोना संक्रमण देखिएन

User Photo बुधबार, बैशाख ३, २०७७
काठमाण्डाै ।

र्‍यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएको गोरखाको आरुघाट गाउँपालिकाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको गोरखा अस्पतालका कोभिड १९ फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।

मंगलबार आरुघाट गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा आरुघाट गाउँपालिका ५ का ३१ वर्षका एक युवकमा एन्टीबडी पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनलाई गाउँमा क्वारेन्टाइनमा राखिएको थियो । उनी गत फागुन २२ गते बहराइनबाट फर्किएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.