Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

User Photo शुक्रबार, जेष्ठ ९, २०७७
काठमाण्डाै ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

जसमा ४ सय ३३ जना पुरुष र ७४ जना महिला रहेका छन् । शुक्रबार दिउँसो २० जना कोरोना संक्रमित थपिएका छन् ।

बाँकेका १४ जना, कैलालीका ३ जना, डडेल्धुरा, बैतडी र मोरङका १/१ जना रहेका छन् । नेपालगञ्जको भेरी अस्पतालमा परीक्षण गर्दा नरैनापुर गाउँपालिकाका १३ जना र राप्तीसोनारी गाउँपालिकाका १ जना संक्रमित भएका छन् ।

त्यस्तै कैलालीको जानकी गाउँपालिकामा ३ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु स्थानीय सरस्वती माविको क्वारेन्टाइनमा बसेका थिए ।

सुदूरपश्चिमको डडेल्धुरा र बैतडीमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । डडेल्धुराका संक्रमित परशुराम नगरपालिकाका हुन् भने बैतडीका संक्रमित शिवनाथ गाउँपालिकाका हुन् ।

त्यस्तै मोरङको रतुवामाइ नगरपालिका– २ मा पनि एक संक्रमित भेटिएका छन्


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.