Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

आज दरबार हत्याकाण्डको १९ वर्ष पूरा

User Photo सोमवार, जेष्ठ १९, २०७७
काठमाण्डाै ।

नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए । अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।

यस प्रकरणपछि घाइते अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार दिइयो । दरबार हत्याकाण्डमा ज्यान गुमाएका सबैको सामुहिक दाहसंस्कार गरियो । तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो । त्यसपछि ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बने ।

युवराज दिपेन्द्रले लागुऔषधको उच्च नशामा रहेका बेला आवेशमा आएर जथाभावी फायरिङ गरेको र अन्त्यमा आफैलाई गोली प्रहार गरेको ठहर दरबार हत्याकाण्डको उच्चस्तरीय छानविन समितिले गरेपनि यस प्रतिवेदनमा शंका गर्न सकिने प्रशस्त आधार भेटिएकाले सर्वस्वीकार्य हुन सकेन अर्थात् हत्याकाण्डलाई धेरैले रहस्यमय नै मान्छन् ।

यस हत्याकाण्डको ७ वर्षपछि २०६५ साल १५ जेठमा संविधानसभाको पहिलो बैठकले नेपालबाट विधिवत् रुपमा राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा ग-यो । राजा ज्ञानेन्द्रले सामान्य नागरिकको जीवन बिताउने घोषणासहित नारायणहिटी दरबार छाडे । जनतामाझ लोकप्रिय स्वर्गिय वीरेन्द्र राष्ट्रवादी तथा उदार शासकका रुपमा चिनिन्छन् ।

उनले आफ्नो राज्याभिषेकको अवसरमा २०३१ सालमा अन्तर्राष्ट्रिय समुदायसामु नेपाललाई औपचारिक रुपमा संयुक्त राष्ट्रसंघबाट शान्ति क्षेत्रको मान्यता दिलाउनका लागि सहयोग गर्न प्रस्ताव राखेका थिए , विश्वका १ सय ३० भन्दा बढी देशले यस प्रस्तावमा समर्थन गरेपनि छिमेकी भारत र सोभियत संघसहितका देशले विरोध जनाउँदा सफल हुन सकेन र पञ्चायतको अन्त्यसँगै यो प्रस्ताव थन्कियो । विश्वका अन्य देशसँग नेपालको सम्बन्ध सुदृढ बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.