Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

क्वारेन्टाइनबाट अस्पताल ल्याइएका बिरामीको मृत्यु

User Photo बुधबार, जेष्ठ २१, २०७७
काठमाण्डाै ।

क्वारेन्टाइनमा बिरामी परेपछि तानसेनस्थित मिसन अस्पताल ल्याइएका एक व्यक्तिको उपचारकै क्रममा मंगलबार मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका–१ सिलुवाका बासिन्दा उनी वडा नं २ को शम्भु मावि क्वारेन्टाइनमा राखिएका थिए ।

अस्पतालका अनुसार सोमबार ल्याइएका उनलाई कोरोनासँग मिल्दोजुल्दो श्वास फेर्न कठिन हुने, सुख्खा खोकी, १ सय दशमलव ४ भन्दा बढी ज्वरो र छाती दुख्ने लक्षण देखिएको थियो । सोही अनुसार उपचार अगाडि बढाए पनि बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयले उनमा कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न स्वाब प्रादेशिक प्रयोगशाला भैरहवा पठाए पनि रिपोर्ट आइसकेको छैन । पूर्वखोला–२, जल्पाका वडाध्यक्ष नीरबहादुर सारुका अनुसार भारतको मुम्बईमा बस्दै आएका ४६ वर्षीय ती पुरुष आइतबार राति ३८ जनासँगै बसमा आएका थिए । ‘जल्पामा आउँदा नै सन्चो नभएजस्तो देखिएको थियो,’ उनले भने, ‘राति भएकाले चाउचाउ उमालेर त्यही खाएर सुतेका हुन् ।’ सोही क्वारेन्टाइनमा बसेका ४९ वर्षीय एक पुरुषलाई पनि ज्वरो आएकाले थप उपचारका लागि तानसेन पठाउने तयारी भएको सारुले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.