Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि

User Photo बिहिबार, असार ४, २०७७
काठमाण्डाै ।

सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो ।

क्वारेन्टाइनमा रहेकाहरूलाई नियमित सेवन गर्न आयुर्वेद औषधि अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, पाचक र तुलसी चिया वितरण गरिएको वैद्य निरीक्षक दीपक तिमल्सिनाले बताए ।

‘‘लामो यात्राको थकानका कारण क्वारेन्टाइनमा रहनेको शक्ति कमजोर भई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले शक्तिबद्धर्क चुर्ण वितरण सुरु गरेका छौँ,’’ वैद्य तिमल्सिनाले भने, ‘‘इम्यिुनिटी पावर बढाउने खालका आयुर्वेद चुर्णले धेरै रोग लाग्नबाट जोगाउँछ । ’’ क्वारेन्टिनमा रहनेलाई स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि दिने गरेको उनले सुनाए ।

केन्द्रका वैद्य निरीक्षक तिमल्सिनाका अनुसार भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षणसँगै तनाव व्यवस्थापन प्रशिक्षण दिने गरिएको छ । गोरखापत्र दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.