Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

थप १०१ जनामा संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज, एक जनाको मृत्यु

User Photo शुक्रबार, साउन २, २०७७
काठमाण्डाै ।

पछिल्लो २५ घण्टामा थप १०१ जनामा कोरोना भाइरस -कोभिड (१९) को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घण्टामा नै उनको मृत्यु भएको थियो ।

मृतकको परिवार उपचारका लागि फागुनमा नै भारतमा गएको र १३ दिनअघि मात्र फर्किएर होम क्वारेन्टिनमा बसेका थिए । उनी मधुमेह र मुटु रोगका विरामी समेत रहेका ७३ बर्षिय पुरुषामा स्वास प्रश्वासमा समस्या भएपछि धरान लगिएका थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको सख्यष ४० पुगेको छ ।

कहाँ कहाँ भेटिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै लमजुङमा २२ जना संक्रमित थपिएका छन् ।

यस्तै रोल्पाका १३, बर्दियाका १०, रौतहट र धनुषाका ८/८ जना, तनहुँका ७, दाङका ५ तथा नवलपुर र बाराका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ । झापा, मोरङ, पर्सा, नुवाकोट र भक्तपुरका २-२ जना तथा सप्तरी, मकवानपुर, सिन्धुली, काभ्रे, काठमाडौं, पाल्पा, रुपन्देही, सल्यान, रुकुम पश्चिम, डडेलधुरा, बझाङ र डोटीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । उनीहरुमध्ये ४० जनाको निधन भएको छ भने ११ हजार ५३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५ जना डिस्चार्ज भएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.