Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

मृतक व्यापारीको परिवारका सातजनालाई कोरोना संक्रमण

User Photo आइतवार, साउन १८, २०७७
काठमाण्डाै ।

कोरोनाले ज्यान गुमाएका धनुषाको शहिदनगर नगरपालिका–८ का व्यापारी श्रवण साहको सम्पर्कमा रहेका थप ७ जनामा संक्रमण पुष्टि भएको छ। मृतक साह घरका ८ वर्ष मुनिका चार बच्चासहित ५ जना र २ कामदारमा कोरोना संक्रमण पुष्टि भएको हो। शनिवार आएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना संक्रमण देखिएको कमला नगरपालिका–८ का वडा सदस्य रामजीवन यादवले जानकारी दिए। उनका अनुसार रिपोर्ट शनिवार राति नै आए पनि अहिलेसम्म उनीहरुलाई आइसोलेसनमा लगिएको छैन। अहिले सातै जनालाई सोनापारा विद्यालयको क्वारेन्टाइनमा राखिएको छ।

उनीहरुलाई एम्बुलेन्समा गंगुली वा सपही आइसोलेसनमा लगिनेछ। मृतकका परिवारका ५ जना र २ कामदारमा कोरोना पुष्टि भएपनि उनीसँगै बसेका भाइ र एक सहयोगीको रिपोर्ट भने नेगेटिभ आएको छ। एम्बुलेन्स लिएर जनकपुर लगेको, सँगै अस्पतालमा बसेको र धरान लग्ने क्रममा समेत सँगै रहेका उनका भाइ र एक सहयोगीको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन्। स्थानीयका अनुसार मृतकसँगै उनका भाइ र ती सहयोगी खानासमेत खाने गर्थे।

अस्पतालको शय्यामा समेत भाइ र सहयोगी सँगै बस्थे। तर दुवैजनाको रिपोर्ट नेगेटिभ आएपछि जनकपुरस्थित गोपाल धर्मशाला क्वारेन्टाइनबाट उनीहरु दुवैजना ४ दिनमै (बिहीबार) बाहिरिए। अहिले उनीहरु गाउँमा समेत घुम्न थालेका छन्। साउन ११ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लग्दै गर्दा बाटोमै ३८ वर्षीय साहको मृत्यु भएको थियो। सुख्खा खोकी र ज्वरोले थलिएपछि उनी साउन ९ मा प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए। तर अवस्था गम्भीर बनेपछि यहाँ उपचार सम्भव भएन। अस्पतालले उनलाई धरान रिफर गर्दा बाटोमै मृत्यू भएको ६ घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.