Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

कोरोनाबाट एक पुरुषको मृत्यु

User Photo सोमवार, साउन १९, २०७७
काठमाण्डाै ।

विराटनगर महानगरपालिकाका कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर-५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो ।

यसैबीच प्रदेश १ का मुख्य न्यायाधीवक्ता चूडामणि आचार्यसहित सोमबार विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर-५ मा बस्दै आएका आचार्यका परिवारका अन्य दुई सदस्यमा समेत संक्रमण पुष्टि भएको हो ।

‘मुख्य न्यायाधिवक्ता आचार्यलाई यसअघि दुई दिन ज्वरो आएर निको भइसकेको थियो,’ विराटनगर महानगरका जनस्वास्थ्य महाशाखाका मोहोम्मद हैदर अलीले भने, ‘आचार्यलाई संक्रमणको स्रोत खुलेको छैन ।’ उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी हुँदै आएकाले प्रदेशका मन्त्रीलगायतका उच्च पदस्थ कर्मचारीहरुमा संक्रमणको जोखिम बढेको अलीको भनाई थियो ।

विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो अस्पतालका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । प्रदेश प्रहरी कार्यालयका थप ७ जनामा प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको उनले बताए । यस्तै, कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जना र अन्य सर्वसाधारणमा कोरोना पुष्टि भएको अलीले बताए ।

यस्तै, रंगेली नगरपालिकामा पनि २२ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो ।

विराटनगर महानगरमा हालसम्ममा १ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा ३१ जना निको भएर घर फर्किसकेको अलीले बताए । महानगरले समुदायमै संक्रमण फैलिसकेको भन्दै नियन्त्रणका लागि शुक्रबार मध्यरातिदेखि दुई साताका लागि लकडाउन गरेको छ । मोरङमा संक्रमितको संख्या ३ सय ७६ पुगेको छ जसमा २ सय १३ जना निको भएर घर फर्किसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.