Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कोरोनाबाट थप एक जना ४६ वर्षीय पुरुषको मृत्यु

User Photo बुधबार, साउन २१, २०७७
काठमाण्डाै ।

वीरगन्जमा बुधबार कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरे ।

साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी , ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मङगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । यसअघि सोमबार राती मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया किशोरीमा पनि मङगलबार राति संक्रमण पुष्टि भएको थियो ।

बुधबार बिहान वीरगन्ज १५ का संक्रमित पुरुषको मृत्यु भएसँगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पर्सामा साउनमा मात्रै १३ जनाको मृत्यु भएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.