Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

User Photo शनिबार, साउन ३१, २०७७
काठमाण्डाै ।

पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको साउन ३० गते शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए

शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा निधन भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

‘क्याबिनमा छोरासँगै हुुनुहुन्थ्यो, त्यहाँ सिसिटीभी क्यामेरा छैन । एक्कासी छोराले बुवालाई गाह्रो भयो भनेर फोन गर्नुभयो,’ उनले भने, ‘चिकित्सक स्वास्थ्यकर्मी टोली पुगेर उपचार शुरु गरे । तर बचाउन सकिएन ।’

चिकित्सकका अनुसार उनमा कोभिड निमोनिया थिएन भने शरीरमा अक्सिजनको मात्रा पनि ठिक थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.