पछिल्लाे २४ घण्टामा देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्।याे थप संख्या सहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएकाछन ।
विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएका छन। यी सहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ।
त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ।
विगत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ।
