Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

काेराेनाबाट पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको मृत्यु

User Photo शुक्रबार, भदौ १२, २०७७
काठमाण्डाै ।

कोभिड-१९ का कारण पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा.जागेश्‍वर गौतमले २४ घण्टामा थप १२ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

प्रवक्ता डा. गौतमले ४ जना महिला र ८ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताएका छन्। ज्यान गुमाउने महिलाहरूमा मोरङका ५६, ६५ वर्षीया रहेका छन्।

त्यस्तै भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया महिलाले पनि ज्यान गुमाएकी छन्। ज्यान गुमाउने पुरुषहरूमा ८ जना रहेका छन्। जसमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय रहेका छन्। त्यस्तै पछिल्लो २४ घन्टायता ज्यान गुमाउनेहरूमा कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेका छन्।

गौतमका अनुसार शुक्रबारसम्म देशभर ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ। उनका अनुसार कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या औसत जम्मा ०.५३ प्रतिशत रहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.