२४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप १,२२१ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३८,५६१ पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।
आइतवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको बताए।
यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको छ।
आइतवार काठमाण्डू जिल्लामा सर्वाधिक ३७२ सङ्क्रमित फेला परेका हुन्। ललितपुर १२ र भक्तपुरमा ४५ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।
उनका अनुसार अहिले देशभरि १७,५१८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,६१२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,९०० जना घरमै छन्।
