२४ घण्टामा नेपालमा थप १,१२० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।
अहिलेसम्म २३,२९० सङ्क्रमित निको भइसकेका छन् भने २५१ जनाको मृत्यु भएको छ।
बुधवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,१०८ सङ्क्रमित भएको बताए।
