४ बच्चा जन्माएकी आमाको निधन

बुधबार, भदौ १७, २०७७, काठमाण्डाै । 

जनकपुरधामस्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति शल्यक्रियामार्फत एकै पटकमा चार बच्चालाई जन्म दिएकी थिइन् । एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि मंगलबारदेखि नै गम्भिर रहेको डा. जय यादवले जानकारी दिए । उनको उपचार भेन्टिलेटरमा राखेर भइरहेको थियो ।

मंगलबार बिहान काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सोनिया सिंहले शल्यक्रियामार्फत बच्चाहरु निकालेकी थिइन् । अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ३ छोरी र एक छोरा छन् । चारवटै बच्चाहरुलाई आइसियुमा राखेर उपचार भइरहेको काव्या अस्पतालका सञ्चालक डा. एसके सिंहले जानकारी दिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै