Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज, ९ जनाको मृत्यु

User Photo आइतवार, भदौ २१, २०७७
काठमाण्डाै ।

पछिल्लो २४ घण्टामा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा काेराेना संक्रमित भेटिएका हुन भने ९ जनाको ज्यान गएको छ ।

त्यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२/३२ जनामा संक्तमण पुष्टि भएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.