Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

User Photo मङ्लबार, भदौ ३०, २०७७
काठमाण्डाै ।

ललितपुरपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।

ज्वरो आएकाले हिजो दिउँसो ललितपुरको किस्ट अस्पताल पुगेका उनको रिपोर्ट हिजो राति नै पोजेटिभ आएको हो। किस्ट अस्पतालका अनुसार उनमा अक्सिजनको मात्र कम र ज्वरो देखिएको छ। उनको श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ।

किस्ट अस्पताला अपरेटिङ चिफ अमिस पाठकका अनुसार उनलाई अस्पतालको मेडिसिन डिपार्टमेण्टले हेरिरहेको छ भने रेमडिसिभिर चलाउने तयारी चलिरहेको छ। मेयर श्रेष्ठ अस्पतालको रेड जोनमा छन्।

नगरपालिकाका संक्रमितहरुको सेवा गर्ने क्रममा आफूलाई पनि संक्रमण भएको मेयर श्रेष्ठले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.