काठमाण्डाै ।
२४ घण्टामा गरिएको परीक्षणमा १,१७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यो एकै दिन पुष्टि गरिएको मृतकको सर्वोच्च सङ्ख्या हो।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५५,००० नाघेको छ।
अहिलेसम्म ३६० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
