Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

User Photo बिहिबार, अशोज १, २०७७
काठमाण्डाै ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ५०७ , भक्तपुरका ५० र ललितपुरका ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा जनामा १२ सय ४६ कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

१६ हजार २४१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ९०५ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ३३८ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ८८३ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ६४१ पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो ७२ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ। नेपालमा कोरोनाबाट हालसम्म २८३ जनाको मृत्यु भएको छ। बिहीबार ४ जनाको मृत्यु भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.