Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कैलालीकी पत्रकार निर्मला पहराई मृत फेला

User Photo शनिबार, अशोज ३, २०७७
काठमाण्डाै ।

कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत करिब २४ वर्षीया पत्रकार निर्मला पहराई मृत भेटिएकी छिन् । घोडाघोडी नगरपालिका–५ मा रहेको फुलबारी सामुदायिक जंगलमा झुण्डिएको अवस्थामा शुक्रबार उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उनी रेडियो कैलालीमा पाँच वर्षदेखि समाचार वाचिका एवं समाचार कक्षमा कार्यरत थिइन् । भदौ ३१ गते बिहान ११ बजे घोडाघोडी नगरपालिका–४ जनकपुरमा रहेको घरबाट निस्किएकी उनी सम्पर्कविहीन थिइन् । असोज १ गते परिवारका सदस्यले प्रहरी कार्यालयमा जानकारी गराएपछि खोजी कार्य सुरु भएको थियो।

‘शुक्रबार अपराह्नतिर झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी हुन्’, सुखड इलाका प्रहरी कार्यालयका डिएसपी सागर बोहराले भने,’ घटनाको थप अनुसन्धान भइरहेको छ ।’ पहराई मृत फेला परेपछि सोही रेडियोमा कार्यरत पत्रकार ललित जाग्रीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ । शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघले शाेक विज्ञप्ति सार्वजनिक गर्दै मृतक पहराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.