कैलालीकी पत्रकार निर्मला पहराई मृत फेला

शनिबार, अशोज ३, २०७७, काठमाण्डाै । 

कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत करिब २४ वर्षीया पत्रकार निर्मला पहराई मृत भेटिएकी छिन् । घोडाघोडी नगरपालिका–५ मा रहेको फुलबारी सामुदायिक जंगलमा झुण्डिएको अवस्थामा शुक्रबार उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उनी रेडियो कैलालीमा पाँच वर्षदेखि समाचार वाचिका एवं समाचार कक्षमा कार्यरत थिइन् । भदौ ३१ गते बिहान ११ बजे घोडाघोडी नगरपालिका–४ जनकपुरमा रहेको घरबाट निस्किएकी उनी सम्पर्कविहीन थिइन् । असोज १ गते परिवारका सदस्यले प्रहरी कार्यालयमा जानकारी गराएपछि खोजी कार्य सुरु भएको थियो।

‘शुक्रबार अपराह्नतिर झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी हुन्’, सुखड इलाका प्रहरी कार्यालयका डिएसपी सागर बोहराले भने,’ घटनाको थप अनुसन्धान भइरहेको छ ।’ पहराई मृत फेला परेपछि सोही रेडियोमा कार्यरत पत्रकार ललित जाग्रीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ । शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघले शाेक विज्ञप्ति सार्वजनिक गर्दै मृतक पहराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेकाे छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा मुख्य समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै