Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमणमुक्त, ८ जनाकाे मृत्यु

User Photo शनिबार, अशोज १०, २०७७
काठमाण्डाै ।

पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०,०१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।

त्यस्तै मन्त्रालयका अनुसार आज थप ८ जनाकाे मृत्यु भएकाे छ । मृत्यु भएका आठै जना पुरुष हुन्। उनीहरूको उमेर २० देखि ८८ वर्षसम्म थियो।

तीमध्ये चार जना काठमाण्डू उपत्यकाका अनि सप्तरी, मकवानपुर, रूपन्देही तथा कैलालीका एक-एक जना हुन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.