
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा २२ सय २५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
४७ हजार ५७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४६ हजार ५७ जना छन् भने क्वारेन्टाइनमा ३३ सय २२ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ८४६ नमूनाको पीसीआर परीक्षण भएको छ। शनिबार २८ सय ४६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८३ हजार ३४ पुगेको छ।
नेपालमा हालसम्म कोरोनाबाट ८४२ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द