Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

धरानमा ३ जना कोरोना संक्रमितको मृत्यु

User Photo सोमवार, कार्तिक १०, २०७७
काठमाण्डाै ।

कोरोना भाइरस संक्रमणका कारण धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार इटहरी उपमहानगरपालिका सुनसरीका ७९ वर्षका पुरुष, मोरङको पथरी शनिश्चरेका ६३ वर्षका पुरुष र धरान उपमहानरगपालिकाकी ८३ वर्षकी महिलाको मृत्यु भएको हो ।

इटहरीका ७९ वर्षका पुरुषको आइतार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो । कात्तिक ६ गते कोरोना भाइरस संक्रमण भएका उनी कात्तिक ९ गते भर्ना भएका थिए । उनमा मिर्गौला र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मोरङको पथरी शनिश्चरेका पुरुषमा कात्तिक १ गते कोरोना भाइरस संक्रमण भएको थियो । कात्तिक ४ गते अस्पताल भर्ना भएका उनको कात्तिक ९ गते राति १० बजे मृत्यु भएको हो ।

धरान उपमहानगरपालिकाकी ८३ वर्षकी महिलालाई कात्तिक ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कात्तिक १० गते अस्पताल भर्ना भएकी उनको त्यसै दिन मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । उनमा हाइपरटेन्सनको समस्या थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.