Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

विप्लव समूहका नेता धर्मेन्द्रसहित तीन जनालाई अदालतमा पेश गरिने

User Photo शुक्रबार, माघ २, २०७७
काठमाण्डाै ।

प्रहरीले पक्राउ गरेका नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव समूह’का नेता धर्मेन्द्र बास्तोलासहितका नेताहरुलाई कानुनविदहरुले भेटेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएका वास्तोलासहितका नेताहरुलाई शुक्रबार बिहान सरोकारवालाहरुले भेटेका हुन् ।

नेपाल बार एसोशिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेपाल बारका केन्द्रीय सदस्यद्वय अधिवक्ताहरु खिमानन्द अधिकारी र प्रकाश महर्जन तथा सर्वोच्च अदालत वार एशोसिएसनका सदस्य अधिवक्ता कपिलचन्द्र पोखरेल सहितले परिसरमा पुगेर उनीहरुलाई भेटेका हुन् । पक्राउ परेकाहरुको शरीरमा नील डाम र चोट देखिएको भेट्न गएका एक सदस्यले बताए ।

विप्लव समूहका केन्द्रीय सचिवालय सदस्य बास्तोलासहित नेताहरु विवेक कुमल र अर्का राजन रखाललाई प्रहरीले राजनीतिक प्रशिक्षणका क्रममा बुधबार पक्राउ गरेको थियो । त्यसक्रममा प्रहरीले एक थान ल्यापटप, आइफोन २ थान र केही नगद समेत नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आजै अदालत पेश गर्ने तयारी गरेको बुझिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.