Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषदकाे निर्णय

User Photo मङ्लबार, माघ २७, २०७७
काठमाण्डाै ।

सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उसैदिन सदर गरिदिएकी थिइन् ।

त्यसविरुद्ध परेका एक दर्जन बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ । संसद विघटनको निर्णयलगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.