Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

डा. शंकरप्रसाद उप्रेतीको निधन

User Photo आइतवार, फाल्गुन १६, २०७७
काठमाण्डाै ।

समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि उनी छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए ।

भारतबाट एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा. उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए ।

उनले लेखेको आत्मसंस्मरणको कृति ‘जीवन एक सपना’मा आफ्नो संघर्षमयी जीवनयात्रा, राजनीतिक उहापोह र व्यापारिक बन्दै गएको समयको झलक समेटिएको छ ।

झापा र आसपासका जिल्लामा ‘डाक्टर बा’ नामले चिनिएका उप्रेतीले निःस्वार्थ जनताको सेवा गरेका थिए । उनको दाहसंस्ककार आइतबार नै गरिएको छ ।

यसैबीच डा. उप्रेतीको निधनमा शोक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको बताएका छन् ।

डा. उप्रेतीको निधनमा राजनीतिककर्मीका साथै साहित्यकार र नागरिकहरूले पनि शोक व्यक्त गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.