Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

आजदेखि दोस्रो चरणको खोप अभियान, खोप लगाएपछि पनि सावधानी अपनाऔँ

User Photo मङ्लबार, बैशाख ७, २०७८
काठमाण्डाै ।

गएको माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा कोभिशिल्ड खोप लगाइएको थियो ।

पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा आज वैशाख ७ गतेदेखि ११ गतेसम्म देशभर तोकिएका खोप केन्द्रबाट लगाइँदै छ । पहिलो मात्रा लिएकाहरुले खोप केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउनुपर्नेछ ।

खोप लगाउन जाँदा नागरिकले पहिलो मात्रा लगाउँदा दिएको खोप कार्ड लिएर जानुपर्छ । जिल्लाहरुमा खोपकेन्द्र तोकिएको हुन्छ, त्यहीँ गएर खोप लगाउनुपर्छ । खोप केन्द्रहरु बिहान १० बजेदेखि बेलुकी चार बजेसम्म खुल्छन् । आफ्नो पालो थाहा पाउनुपर्छ । पहिलो खोप लगाएका कसले कहिले खोप लगाउने भनेर स्वास्थ्य मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरिसकेको छ । यदि थाहा नभए जिल्लामा रहेका स्वास्थ्य प्रमुखलाई सोध्नुपर्छ ।

त्यतिबेला अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शववाहन चालक, बैंकका कर्मचारी, सबै सरकारी कार्यालय, सार्वजनिक संस्थानका कर्मचारीहरु, पत्रकार, पालिकाका जनप्रतिनिधि, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ र कर्मचारीहरुलाई खोप दिएका थियौँ । फागुन २३ पछि खोप लगाएकाले अहिले पाउने छैनन् । त्योभन्दा अघि पहिलो चरणमा पहिलो मात्रा लगाएकाहरुले मात्रै दोस्रो मात्रा खोप लगाउन पाउँछन् ।

६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई पछिल्लो पटक खोप दिएकाले उनीहरुको पालो जेठमा मात्रै आउँछ । यो खोप पहिलो मात्रा लिएकाहरुले दोस्रो मात्रा पनि अनिवार्य रुपमा लिनुपर्छ । यदि तोकिएको दिनमा खोप लगाउन छुटेमा तत्काल खोप केन्द्रमा सम्पर्क गरेर खोप लगाउनुपर्छ ।

पहिलो प्राथमिकतामा परेर पनि खोप लगाउन छुटेको भए फेरि सरकारले आह्वान गरेपछि अर्कोपटक लगाउनुपर्ने हुन्छ । खोप प्राप्त भएपछि सरकारले फेरि खोप लगाउन छुटेकाहरुलाई पनि खोप लगाउन आह्वान गर्छौं ।

खोप लगाउनेमा सामान्य असरहरु देखिएको छ, तर यो सामान्य हो, यसबाट डराउनु पर्दैन । अहिले फेरि कोरोनाको दोस्रो लहर पनि आइरहेको छ । खोपले हामीलाई जटिलता हुनबाट जोगाउँछ, त्यसकारण सामान्य शरीर दुख्छ, वा टाउको दुख्न भनेर खोप लिन्न भन्नु आफैँले आफैंलाई खतरामा राख्नु हो भन्ने बुझ्नुपर्छ ।

खोप लगाउँदैमा ढुक्क हुने स्थिति हुँदैन, यसले जटिलताबाट र सङ्क्रमण फैलिन कम गर्ने हो । शतप्रतिशत जोगिए भन्ने सोच्नु हुँदैन । पहिलो र दोस्रो मात्राको खोप लगाइसकेपछि पनि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातको सरसफाइ गर्ने गर्नुपर्छ । भीडभाडमा जानु हुँदैन । यस्ता कुराहरुलाई अनिवार्य अवलम्बन गर्नुपर्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.