Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

महन्थ–राजेन्द्रले सुनाए तटस्थ बस्ने निर्णय, प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का

User Photo आइतवार, बैशाख २६, २०७८
काठमाण्डाै ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् ।

आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर र महतो बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका थिए । ‘हामीले विश्वासको मत दिन सक्दैनौं, किनकि हाम्रा माग पूरा भएका छैनन् भन्यौं’ जसपा नेता महतोले  भने ।

जसपा नेताहरुले अहिलेसम्म सबै मुद्दा समेत फिर्ता हुन नसकेको बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले अदालतबाट अनुमति लिनुपर्ने भएकाले समय लागेको बताएका थिए । जसपा नेताद्वय ठाकुर र महतोले भने केही माग पूरा भएकाले प्रधानमन्त्री ओलीको विपक्षमा भने मत नदिने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि सोमबार विशेष अधिवेशन बोलाइएको छ । प्रधानमन्त्री ओलीको दल एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ भने ४९ सांसद भएको माओवादी केन्द्रले हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो ।

जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले पनि मत नदिने बताएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.