Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

ओलीलाई देश र जनताको हितमा काम गर्न कहाँ कसले रोक्यो : देउवा

User Photo सोमवार, बैशाख २७, २०७८
काठमाण्डाै ।

प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताका हितमा काम गर्न कहाँ कसले रोक्यो ? भन्दै प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै देउवाले यस्तो बताएका हुन्।

थाहा पाउँदापाउँदै केपी ओलीले विश्वासको मत मागेको भन्दै यो परिस्थितिका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा देउवाको भनाइ छ। हाम्रो संविधानले प्रधानमन्त्रीलाई कार्यकारीको सम्पूर्ण अधिकार दिएको छ। देश र जनताका हितमा काम गर्न उहाँलाई कसले कहाँ रोक्यो,’ ।उनले संविधान निर्माण भइसकेपछि पहिलो संसदीय निर्वाचनमा तत्काल एमाले र माओवादीको गठबन्धन मिलेर सरकार बनेको भन्दै तीन वर्ष नपुग्दै बहुमत पाएको प्रधानमन्त्रीले विश्वासको मत माग्नु विडम्बना भएको बताए। ‘ यो परिस्थितिका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार हुनुपर्छ।’

उनले प्रमुख प्रतिपक्षी दलका रुपमा आफ्नो दलले रचनात्मक र सहयोग भूमिका खेल्दा आलोचित हुनु परेको बताए । ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?’ ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ ?’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.