Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

संक्रमणमुक्तमा ‘पोस्ट कोभिड’ देखिन थाल्याे, यस्ता देखिन्छन ‘पोस्ट कोभिड’ का लक्षण

पोस्ट कोभिड भएका व्यक्तिमा मानसिक समस्या

User Photo शुक्रबार, असार ४, २०७८
काठमाण्डाै ।

कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको ग्राफ पछिल्लो समय ओरालो लागिरहेको छ । तर कोरोना संक्रमितको ग्राफमा कमी देखिएसँगै ‘पोस्ट कोभिड’ बढ्न थालेको उपचारमा संलग्न चिकित्कहरु बताउँन्  थालेकाछन।

सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार कोरोना संक्रमण भई पिसिआर नतिजा नेगेटिभ आइसकेपछि पुनः लक्षणहरु देखिनुलाई ‘पोस्ट कोभिड–१९ सिन्ड्रोम’ भनिन्छ । कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमितको संख्या बढी छ । कोरोनामुक्त भएका जुनसुकै व्यक्तिमा पोस्ट कोभिड देखा पर्नसक्ने उनी बताउँछन् ।

संक्रमण भएर स्वास्थ्य संस्थाबाट नेगेटिभ रिपोर्ट पुष्टि भएर घर फर्किएकाहरुमा लामो समयसम्म स्वास्थ्यमा समस्या देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्ने डा. अधिकारीको भनाइ छ । नेगेटिभ नतिजा आएर घर फर्किएको हप्तौं÷महिनौंसम्म स्वास्थ्यमा विभिन्नखालका समस्या देखिएका व्यक्ति अस्पतालमा आइपुग्ने गरेको उनले सुनाए ।

अमेरिकामा लगभग ३२ प्रतिशतलाई पोस्ट कोभिड भएको अध्ययनहरुले देखाएको छ । यद्यपि नेपालमा संक्रमितमध्ये कतिलाई पोस्ट कोभिड भएको छ भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग तथ्याङ्क छैन ।

कोरोनामुक्त भइसकेपछि पोस्ट कोभिडका कारण शारीरिक र मानसिक रुपमा अस्वस्थ हुँदा धेरै समस्या निम्तिन डा. अधिकारीको भनाइ छ । कोरोनामुक्त भइसकेपछि लामो समयसम्म लक्षण देखिएमा पोस्ट कोभिड हो वा अन्य कुनै स्वास्थ्य समस्या हो भन्ने बारे बेलैमा निर्क्यौल गर्नुपर्ने उनले बताए ।

डा. अधिकारीका अनुसार ‘पोस्ट कोभिड’ मा निम्न लक्षण हुन्छन्–

१. धेरै थकान महसुस हुने ।

२. मांसपेशी कमजोर हुने ।

३. जोर्नी दुख्नुका साथै शरीर तातो महसुस हुने ।

४. श्वास फेर्न गाह्रो हुने ।

५. छाती दुख्ने, मुटुको चाल बढ्ने ।

६. पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक हुनुका साथै पखाला लाग्ने ।

७. शरीर कमजोर भएको महसुस हुने ।

८. लगातार हल्का खोकी लागिरहने ।

९. छालामा बिमिरा देखिने ।

१०. मधुमेह नियन्त्रण नहुने ।

पोस्ट कोभिड हुँदा मानसिक समस्या पनि देखापर्ने उनले बताए । उनले भने, ‘पोस्ट कोभिड भएका बेला मनमा नकारात्मक कुरा धेरै खेल्छ । संक्रमण भएर ठिक भएकाहरुको मनमा विभिन्न किसिमका नकारात्मक सोचले पनि झन् स्वास्थ्य समस्या निम्ताउने गर्छ ।’

उनका अनुसार पोस्ट कोभिड भएका व्यक्तिमा यस्ता मानसिक समस्या देखिन सक्छ –

१. मनमा डर पैदा भइरहने ।

२. एनजाइटी र डिप्रेशनजस्ता समस्या देखापर्ने ।

३. निन्द्रा नलाग्ने ।

४. कृत्रिम आवाज बजेको सुन्ने, छिनछिनमा बिर्सने ।

५. टाउको दुख्ने ।

६. मुटुको ढुकढुकी बढ्ने, डराउने आदि ।

संक्रमणमुक्त भएका सबैलाई भने पोस्ट कोभिड नहुने उनले सुनाए । अस्पतालबाट कोरोनामुक्त भइ घर फर्किएपछि मानसिक रुपमा परिपक्व तथा सकारात्मक सोच राखेको खण्डमा पोस्ट कोभिडको दर आधा कम हुने डा.अधिकारीको दाबी छ । उनका अनुसार कोरोनामुक्त भइसकेपछि केहीलाई निमोनियाका कारण श्वास फेर्न गाह्रो हुने भएकाले अक्सिजन नै चाहिन सक्छ तर शारीरिक रुपमै लामो समयसम्म अप्ठ्यारो महसुस भएको खण्डमा चिकित्सकसँग परामर्श लिन उनी सल्लाह दिन्छन् ।

पोस्ट कोभिड ६ महिनासम्म पनि देखिने गरेकाले यसबारे सजग हुन जरुरी रहेको उनले बताए । पोस्ट कोभिड देखिएको एक/डेढ हप्तासम्म पनि निको भएन भने चिकित्सकको सल्लाह लिन उनले सुझाए ।

पोस्ट कोभिडका कारण शारीरिक, मानसिक तथा दुवै समस्या देखिन सक्छ । शारीरिक र मानसिक दुवै समस्या देखा परेमा दुवैथरी विशेषज्ञबाट परामर्श लिनुपर्ने उनको भनाइ छ । शारीरिक र मानसिकरुपमा स्वस्थ रहन नियमित रुपमा बिस्तारै शारीरिक अभ्यास गर्ने, योगा, मेडिटेसन, प्रणायामहरु गर्दै गएमा फाइदा पुग्ने उनले बताए ।

दुई हप्ताभन्दा बढी समयसम्म सामान्य खालको समस्या देखिन कम नभएमा तत्काल उपचार तथा परामर्श लिन उनको आग्रह छ । कोरोना संक्रमणको दर कम भएका देशहरुमा समेत पोस्ट कोभिडका कयौं बिरामी देखापरिरहेको उनले सुनाए । पोस्ट कोभिडले लामो समयसम्म शारीरिक र मानसिकरुपमा दुःख दिइरहन सक्ने भएकाले बेलैमा यसको उपचार गराउन पनि उनले सुझाव दिए ।

नेपालमा कोरोनाको दोस्रो लहरमा संक्रमितको ग्राफ ओरालो लाग्दैगर्दा पोस्ट कोभिडका बिरामीको चाप बढ्नसक्ने उनले बताए । तर, नेपालमा पोस्ट कोभिड कसरी पहिचान गर्ने, उपचार तथा परामर्श कहाँबाट लिने भन्नेबारे सम्बन्धित निकायले ख्याल नगर्दा जटिल समस्या निम्तिन सक्ने उनको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.