Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

जनयुद्धका उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई पनि छैन- प्रचण्ड

‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन अपील

User Photo मङ्लबार, फाल्गुन १, २०८०
काठमाण्डौ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन अपील गरेका छन् ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी ‘जनयुद्ध’ र यसको नेतृत्वलाई अलि बढी हेपाइ हुन थालेको बताए । जनयुद्धका उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई नभएको भन्दै उनले अघि भने, ‘माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्तालाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपील गर्न चाहन्छु ।’

जति ढिलो गर्यो, त्यति ठूलो क्षति हुने भन्दै उनले भने, ‘आउनुस् बसौं, कहाँ कमी भए समीक्षा गरौं ।’

एक भएर प्रतिवाद गर्ने हो भने क्रान्तिकारी आन्दोलनको रक्षा मात्र होइन, समाजवादी क्रान्तिको नयाँ लहर सृजना गर्न सकिन्छ भन्ने आत्मविश्वास रहेको समेत उनले बताए । आफूले जीवनको उत्तरार्द्धमा फेरि एकपटक नयाँ क्रान्तितिर लैजाने संकल्प गरेको भन्दै प्रचण्डले भने, ‘कोही कमरेड तर्क र तथ्यसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन ।’

# जनयुद्ध # प्रचण्ड # राजनिति

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.