Naya Media
बिहिबार, साउन १, २०८२
| | July 17, 2025
बिहिबार, साउन १, २०८२
Advertisement

परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने एमालेकाे निश्कर्ष

User Photo
बुधबार, असार २६, २०८१
काठमाण्डौ ।

नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने निश्कर्ष निकालेको छ ।

बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


advertisement

२८ असारमा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वासको मत मागेपछि सरकार गठन प्रक्रिया अघि बढ्ने उनले बताए । नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।

एमाले उपमहासचिव ज्ञवालीका अनुसार कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्नेछन् । सरकारमा सहभागी हुन चाहने दललाई संसदमा रहेको उक्त दलको हैसियत अनुसार स्थान दिन सकिने उनले बताए ।

# नेकपा एमाले # राजनिति # सरकार गठन

Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.