Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | June 1, 2026
सोमवार, जेष्ठ १८, २०८३

प्रधानमन्त्री र देउवाबीच भेटवार्ता, प्रधानमन्त्री अस्वस्थ हुदाँ संसदमा जवाफ दिने कार्यक्रम स्थगित

User Photo मङ्लबार, जेष्ठ ६, २०८२
काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्य रामशरण बजगाईंले भने, ‘हिजो नै भेट्ने कार्यक्रम थियो । तर हिजो भेट हुन नसकेपछि आज भेट भएको हो ।’ बजगाईंले यो भेट नियमित भएको बताए ।

प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै देउवासँगको भेट आजका लागि सारिएको थियो । आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको हो ।

प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।

# केपी शर्मा ओली # प्रधानमन्त्री # राजनिति # शेर बहादुर देउवा # स‌सद

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.