Kanoon Post
शुक्रबार, बैशाख १४, २०८१/ April 26, 2024,
शुक्रबार, बैशाख १४, २०८१

राज्यले सौतेनी ब्यवहार गर्यो- मन्टेश्वरी एसोसिएसन

मन्टेश्वरीलाई शैक्षिक संस्थाको रुपमा मान्यता दिन सरकारसँग माग

झापा ।

झापाका मन्टेश्वरी सञ्चालकहरुले मन्टेश्वरीलाई शैक्षिक संस्थाको मान्यता दिन माग गरेका छन । नेपाल मन्टेश्वरी एशोसिएसन झापाले शनिबार धुलाबारीस्थित रोयल निर्मान होटलमा पत्रकार सम्मेलन गर्दै मन्टेश्वरीलाई शैक्षिक संस्थाको रुपमा मान्यता दिन सरकारसँग माग गरेका हुन ।

पत्रकार सम्मेलनमा उनीहरूले राज्यले आफूहरुलाई सौतेनी व्यवहार गरेको समेत आरोप लगाएका छन् । ‘हामीले ठूलो जोखिम मोलेर नानीहरुलाई असल शिक्षा दिइरहेका छौं,’ उनीहरुले भने, ‘तर सरकार भने हामीले गरेको असल कर्म नदेखेझै गरिरहेको छ ।’

नेपाल मन्टेश्वरी एशोसिएसन झापाका संस्थापक अध्यक्ष भीमबहादुर श्रेष्ठले नानीहरुलाई असल व्यवहार सिकाएर राज्यलाई सघाइरहेको बताए । उनले मन्टेश्वरी शिक्षालाई शैक्षिक संस्थाको मान्यता दिने विषयमा स्थानीय सरकार र सङ्घीय सरकारसँग कुरा राखेको बताए ।

पत्रकार सम्मेलनमा धुलाबारीमा सञ्चालित इजी केयर मन्टेश्वरी सञ्चालक सपना प्रसाईंले असल समाज बनाउन आफूहरुले साना नानीहरुलाई शिक्षा प्रदान गरिरहेको बताइन् ।

यस्तै, नविन–ताराकी सञ्चालक तारा भट्टराईले मन्टेश्वरी शिक्षा नानीहरुको भविष्य बनाउने थलो भएको बताइन् ।

त्यस्तै पत्रकार सम्मेलनमा दिल्ली पब्लिक स्कूल सिलिगुडीका जनरल मेनेजर निर्मल्य आचार्जी, सारिका सुब्बा, मन्टेश्वरी एशोसिएसन झापाका सदस्य तथा इजी केयरका सञ्चालक मातृका ओडारी लगायतले मन्तव्य राखेका थिए ।

राज्यले स्विकृत दिन कन्जुस्याइ गरेकाे प्रति आपत्ति

मन्टेश्वरी सञ्चालकहरुले जिल्लामा करिव ७ हजार जनालाई रोजगार दिएका छन् । तर राज्यले कक्षा स्तरोन्नतिमा स्विकृत दिन कन्जुस्याइ गरेको प्रति उनीहरुको आपत्ति छ । मन्टेश्वरी विद्यालयमा तलव लगायतका बारेमा केही समस्या रहेपनि त्यसलाई मिलाएर लैजाने संस्थापक अध्यक्ष श्रेष्ठकाे भनाइ छ ।

झापामा हाल ६८ वटा मन्टेश्वरी संस्था एशोसिएसनमा आबद्ध छन् । १७ वटा जिल्लामा एशोसिएसनको शाखा विस्तार भइसकेको जनाइएको छ । झापामा सात हजारलाई रोजगारी दिने काम गरेको पनि एशोसिएसनले जनाएको छ ।

शिक्षकलाई क्षमता विकास तालिम

झापामा जिल्लाभरका ४० जना मन्टेश्वरी शिक्षकहरूकाे क्षमता विकासका लागी तालिम सम्पन्न भएकाे छ । नेपाल मन्टेश्वरी एसोसियसन विर्तामोड झापाको आयोजना र दिल्ली पब्लिक स्कूल सिलिगुडीको संयोजनमा तालिम सम्पन्न भएको हो ।

तालिम संयोजक सुरेश भट्टराईले दुवै देशको मन्टेश्वरी प्रणाली आदानप्रदान र अनुभव साटासाट गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले मन्टेश्वरीले स्कूल जानेबेला साना नानीहरुलाई दक्ष बनाउने काम गरिरहेको बताए ।

नानीहरूले असल ब्यवहार र सीप मन्टेश्वरी बाटै सिक्नेमा सहभागिको जोड

सब्य समाजको परिकल्पना गर्ने हो भने बाल्यकालबाटै असल आचरण र बानीब्यहोरा सिकाउनु पर्ने धुलावारीमा आयोजित  तालिमका सहभागिहरुले बताएका छन् ।

नानीहरुले बाल्यकालमा जस्तो शिक्षा दियो त्यस्तै सिक्ने भएकाले उनीहरुको भविष्य उज्वल बनाउन, असल ब्यवहार र सीप मन्टेश्वरी विद्यालयबाटै सिक्ने सहभागिहरुको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading