Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 24, 2026
सोमवार, जेष्ठ ११, २०८३

चिया मजदुरमाथी जवरजस्ती- कि काममा आउ कि राजिनामा देउ

मजदुरलाई बोलाउदै जबर्जस्ती काम गर्ने हस्ताक्षर

User Photo शनिबार, चैत्र २२, २०७६
झापा ।

काेराेना संक्रमण फैलिने डरले जनजिवन आक्रान्त छ । देशभर लकडाउन छ तर झापाका एक चिया व्यावशायीले भने न्युनतम सुरक्षा समते नअपनाइ मजदुरलाई जवरजस्ती काममा लगाएकाछन ।

त्रिवेणी ग्रुप झापाले बर्ने चियाकमानका मजदुरहरुलाई काममा जबर्जस्ती लगाएको हाे । कि काममा आउ, या त राजिनामा देउ भनी उक्त कमानका मेनेजर नितेश कुमार जैसवालले मजदुरलाई बोलाउदै जबर्जस्ती हस्ताक्षर गराएको आरोप मजदुरले लगाएका छन ।

छाक टार्न समेत समस्या रहेका मजदुर खाना खानकै लागी जाेखिम माेलेरै काम गरिरहेकाछन त्यसमाथि झन काम गर्न नगए जागिर जाने डर छ । यसरी सामान्य सुरक्षा व्यवस्था सम्म नगरी चिया कमानका मालिकले काम गर्नै पर्ने वाध्यता श्रृजना गरेर मजदुरकाे जिन्दगी संग खेलवाड गरेकाे बुद्धशान्ति गाउँपालिकाका अध्य्क्ष रमेशकुमार भुजेलकाे भनाइ छ  ।

भयपुर्ण अवस्थामा चिया पत्ती टिपिरहेका एक मजदुरले भने, “हामिलाई त रोजिरोटिको समस्या हो, कुनै पनि निकायले हामिलाई खाद्यान्न मात्र उपलब्ध गराए पनि काममा नआउने बताए”। उनले भने, हामिलाई राज्यले रोजिरोटीको ब्य्वस्था गरिदिनुपर्छ, रोकेर मात्रै समाधान चाहिँ निस्कदैन।

यता कमान मेनेजर जैसवालले भने माथिको आदेश भन्दै काममा लगाएको दाबी गरेका छन्। त्रिबेणी ग्रुपका सुवास साङ्हाई भने ब्यबस्थापकलाई सम्पुर्ण प्रक्रिया पुरागरी काममा लगाउन निर्देशन दिएको बताउछन।

प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले मजदुरहरुलाई आवश्यक सुरक्षा सामाग्री प्रदान गरि स्थानीय निकायसँग समन्वय गरि काम गर्न भनी पत्राचार गरेको थियो। स्थानीय निकायका प्रमुखले उक्त पत्र प्राप्त भएको तर त्रिबेणि ग्रुपले कुनै समन्वय नगरेको बताएकाछन।

बुद्धशान्ति गाउँपालिका का अध्य्क्ष रमेशकुमार भुजेलले कार्यस्थलमै आएर,त्रिबेणि ग्रुपको कार्यशैलीमाथी प्रश्न उठाउदै तत्काल काम रोक्न निर्देशन दिएका छन्। बिदा अवधिभरको पैसा र रासनको ब्यवस्था समेत उक्त कम्पनीले नगरे स्थानीय सरकारले बर्ने चियाकमानमा खेती गर्ने चेतावनी दिएका छन्।

कम्पनीले उक्त निर्देशनको अटेर गरे गाउँपालिकाले नै सम्पुर्ण मजदुरहरुको रोजिरोटिको व्यवस्था गर्ने पनि अध्यक्षले वताएकाछन । साथै मजदुरमा कुनै पनि समस्या देखिए काम गराउने नै पुर्ण जिम्मेवार हुनु पर्ने पनि अध्यक्षले बताएकाछन ।

संघिय सरकारकाे दाेहाेराे चरित्रका कारण स्थानिय सरकारलाई गाह्राे

यस्तै बुद्धशान्ति गाउँपालिका का अध्य्क्ष रमेशकुमार भुजेलले सरकारकाेदाहाेराे चरित्रका कारण स्थानिय तहमा समस्या भएकाे बताएकाछन । उनले भने ‘माेवाइलमा घर भित्रै बस्नु भनेर बारम्बार सन्देश पठाउने तर मजदुरलाई जाेखिममा पार्ने काम सरकार बाटै भएकाे छ । काम गर्न मिल्ने भनेपछी व्यावशायि काम बन्द गर्दैनन, मजदुरलाई काममा लगाउछन । यसले मजदुरमाथि जाेखिम बढाउछ । यस्ताे दाेहाेराे चरित्रले स्थानिय निकायमा द्विविधा साथै समस्या पैदा गरेकाेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.