Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 24, 2026
सोमवार, जेष्ठ ११, २०८३

स्थानियले असन्तुष्टी जनाएपछी झापामा राहत वितरण स्थगित

जनप्रतिनिधिले नै नाम परिवर्तन गरेको स्थानियकाे आरोप

User Photo बुधबार, चैत्र २६, २०७६
झापा ।

लकडाउनले गरिव तथा मजदुरहरू समस्यामा परेपछी देशैभर राहत कार्यक्रम चलिरहेकाे छ । स्थानिय तह तथा विभिन्न संघ संस्थाहरूले राहत वितरण तिव्र पारेकाछन तर सबै ठाउँमा राहत वितरण निश्पक्ष नभएकाे गुनासाे पनि आइरहेकाेछ ।

यस्तै झापाकाे बुद्धशान्तिमा स्थानिय तहले वितरण गरिरहेकाे राहत कार्यक्रम भने स्थगित भएकाेछ । राहत वितरण अन्यायपुर्ण भएकाे भन्दै  झापाकाे बुद्धशान्ती- ४, सट्टाभर्ना क्षेत्रका स्थानियले बिराेध जनाएपछी राहत वितरण स्थगित गरिएकाे हाे ।

सर्वपक्षिय भेलाबाट वडा मार्फत नामवली तयारी गरी राहत स्वरूप सबैलाई बराबर मात्रामा चामल, दाल, तेल, नुन र साबुन वितरण गरिएकाे वडा सदस्य फौदराज शेर्माले बताएका छन् । तर स्थानियले भने तयार पारिएकाे नामावलीमा जनप्रतिनिधिले नाम परिवर्तन गरी र आफ्नालाई समावेश गरेकाे आरोप लगाएका छन ।

सर्वपक्षिय भेलाबाट अनुमोदन गराएकाे नामावली भएपनि स्थानीयले बिरोध गरेपछि बितरण कार्य अहिलेलाई रोकिएकाे वडा सदस्यकाे भनाइ छ । उनले भने- “सबै सरोकारवालाहरु संग छलफल गरी भोलि बिहान सम्ममा ठोस निष्कर्षमा पुगि भोलि बेलुका उक्त क्षेत्रको राहत वितरणलाई निरन्तरता दिन्छाै ।”


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.