
लकडाउनले गरिव तथा मजदुरहरू समस्यामा परेपछी देशैभर राहत कार्यक्रम चलिरहेकाे छ । स्थानिय तह तथा विभिन्न संघ संस्थाहरूले राहत वितरण तिव्र पारेकाछन तर सबै ठाउँमा राहत वितरण निश्पक्ष नभएकाे गुनासाे पनि आइरहेकाेछ ।
यस्तै झापाकाे बुद्धशान्तिमा स्थानिय तहले वितरण गरिरहेकाे राहत कार्यक्रम भने स्थगित भएकाेछ । राहत वितरण अन्यायपुर्ण भएकाे भन्दै झापाकाे बुद्धशान्ती- ४, सट्टाभर्ना क्षेत्रका स्थानियले बिराेध जनाएपछी राहत वितरण स्थगित गरिएकाे हाे ।
सर्वपक्षिय भेलाबाट वडा मार्फत नामवली तयारी गरी राहत स्वरूप सबैलाई बराबर मात्रामा चामल, दाल, तेल, नुन र साबुन वितरण गरिएकाे वडा सदस्य फौदराज शेर्माले बताएका छन् । तर स्थानियले भने तयार पारिएकाे नामावलीमा जनप्रतिनिधिले नाम परिवर्तन गरी र आफ्नालाई समावेश गरेकाे आरोप लगाएका छन ।
सर्वपक्षिय भेलाबाट अनुमोदन गराएकाे नामावली भएपनि स्थानीयले बिरोध गरेपछि बितरण कार्य अहिलेलाई रोकिएकाे वडा सदस्यकाे भनाइ छ । उनले भने- “सबै सरोकारवालाहरु संग छलफल गरी भोलि बिहान सम्ममा ठोस निष्कर्षमा पुगि भोलि बेलुका उक्त क्षेत्रको राहत वितरणलाई निरन्तरता दिन्छाै ।”
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द