लकडाउन भए पनि सडकमा अनावश्यक रुपमा मानिसको संख्या बढेपछी बिर्तामोड प्रहरीले फरक शैलीमा कारवाही सुरू गरेकाे छ । अत्यावश्यक काम बाहेक सडकमा आउनेलाई स्थानिय प्रशासनले सडकमै निस्चित घेरा बनाइ घेरामा राखेर सम्झाइ, लकडाउनको पालना गर्न अनुरोध गर्दै पठाउन थालेकाे हाे ।
सडकमा भिड बढेपछी आजदेखी सडककै बनाइएका निश्चित घेरामा राखी सम्झाएर पठाउने गरिएकाे बिर्तामोड प्रहरी प्रमुख मुकुन्द प्रसाद रिजाल बताए।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी बिर्तामोडको संयुक्त टोलिले आज पहिलो दिन १ घण्टा राखेर सम्झाउने र भोलिबाट यसलाई अझ कडाईका साथ पालना गराउने बताएका छन ।

