Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 24, 2026
सोमवार, जेष्ठ ११, २०८३

आरडिटीबाट परीक्षण गर्दा झापामा पनि देखियाे एक युवकमा कोरोना

User Photo बुधबार, बैशाख ३, २०७७
काठमाण्डाै ।

र्यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा झापामा एक युवकलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

होम क्वारेन्टाइनमा बसेका ती युवकको स्वास्थ्य शाखा हल्दिबारीको टोलीले बुधबार आरडिटी किटले स्वास्थ्य परीक्षण गरेका थिए स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत रिपोर्ट पोजेटिभ आएको बताइएको छ। ती युवक करिब एक महिनाअघि दुबईबाट फर्किएका हुन्।

आरडिटीमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल विराटनगर पठाइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए। युवकमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकामा त्रास फैलिएको छ। ‘आरडिटीमा कोरोना पोजेटिभ देखिए पनि आत्तिनु र्ने केही छैन।’ गाउँपालिकाका अध्यक्ष लिङ्देनले भने।

अस्पतालबाट थप रिपोर्ट नआउन्जेल त्रास नफैलाउन सबैसमक्ष आग्रह गरेका छन्। गाउँपालिकामा भारतसहित तेस्रो मुलुकबाट आएका ४८ जनाको आरडिटी किटले परीक्षण गरिएको छ। त्यसमध्ये ११ जनाको स्वाब थप परीक्षणका लागि पठाइएको जनाइएको छ।

यता हल्दिबारी २ का दुई जनालाई उच्च ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा बुधबार भर्ना गरिएको छ। उनीहरू नातामा श्रीमान् श्रीमती रहेको जनाइएको छ। दुवै जना करिब डेढ महिनाअघि भारत पुगेर आएका थिए। उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि विराटनगर पठाइएको अस्पतालले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.