Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कृषि औजारलाई इन्धन देउ- नेपाली कांग्रेस

User Photo बिहिबार, बैशाख ४, २०७७
झापा ।

नेपाली कांग्रेस बुद्धशान्ति- ६ वडासमितीले लकडाउनका कारण कृषक तथा जनतामा परेका विभिन्न समस्याहरूबारे सम्बाेधन गर्न वडा कार्यलयलको ध्यानाकर्षण गराएकाे छ।

कृषक तथा पशुपालन व्यवसायीको बारेमा गम्भीर भइदिन आग्रह गर्दै खेती गर्ने समय भएकाले हाते ट्र्याकटर लगायतका अत्यावश्यक कृषी सामाग्रीका लागी आवश्यक इन्धनकाे व्यवस्था गर्न पनि अनुराेध गरेकाे छ । स्थानिय स्तरमा देखिएकाे औषधी लगायत दैनिक उपभाेग्य बस्तुकाे चरम अभाव व्यवस्थापन गर्न समेत उक्त पत्रमा माग गरिएको छ।

उक्त क्षेत्रको मुख्य नगदेवालीको रुपमा रहेको सुपारीको समेत उचित ब्यवस्थापन गर्न समन्वयकारी भुमिका खेल्न सो ज्ञापन पत्र मार्फत वडालाई अनुरोध गरेको छ।यतिबेला सुपारी बोटबाट झारेर बजार सम्म पुर्याउन नसके,कृषकको आउदो आर्थिक बर्षको रोजिरोटी नै बन्द हुनसक्ने तर्फ संकेत गरेको छ।

साथै यस्ताे संकटकाे समयमा काेभिड-१९ विरूद्धकाे लडाइमा नेपाली कांग्रेस वडा समिती सबै प्रकारकाे सहयाेगका लागी पुर्णरूपमा प्रतिवद्ध भएकाे जानकारी समेत उल्लेख गरेको छ। ज्ञापन-पत्र बुझाउदै नेपाली काङ्ग्रेसका वडा सभापती शिवराज पौडेलले संकटको घडिमा जनतालाई सबै राजनीतिक दलले दलिय राजनीति भन्दा माथी उठेर काम गर्नुपर्ने बताए।

उता वडा नम्बर ६ का वडाध्यक्ष शम्भुप्रसाद पौडेलले रचनात्मक प्रतीपक्षी पाएकाले कोरोना विरुद्धको लडाइँमा स्थानिय सरकारलाई कामगर्न सहज भएको बताए। उनले भने,”यो बेला सबैजना मिलेर जाने समय हो,रचनात्मक प्रतिपक्षी पाएकाले हामी पनि उहाँहरुसग समन्वय गर्दै अघि बढिरहेको छौँ।” उनले नेपाली काङ्ग्रेस वडा समितिले ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको बिषयमा तत्काल गाउँपालिकासग समन्वय गरि आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.