Naya Media
शुक्रबार, जेष्ठ ९, २०८२
| | May 23, 2025
शुक्रबार, जेष्ठ ९, २०८२
Advertisement

फोर सेभेन गाइजद्वारा लागुपदार्थ सेवन बिरुद्ध घरदैलो कार्यक्रम

User Photo
शनिबार, साउन १७, २०७७
झापा ।

झापा बुद्धशान्ति वडा न. ४ र ७ का युवाहरूले संयुक्त रुपमा शनिबार लागुपदार्थको प्रयोग र ओसार-पोसार बिरुद्ध घरदैलो कार्यक्रम गरेका छन्। वडा नम्बर ७को मोतीडाडाबाट शुरु भएको कार्यक्रम सोही वडा र ४ का विभिन्न स्थानमा परिक्रमा गर्दै सम्पन्न भएको हो।

पछिल्ला दिनहरूमा लागुपदार्थको ओसारपसार र प्रयोग बड्दा दुर्ब्यसन बढेको छ।अझ लकडाउनले गर्दा अधिकाङ्स युवाहरु बेरोजगार र फुर्सदिला हुँदा समस्या जटिल बन्दै गएको पाइन्छ।


advertisement

फोर सेभेन गाइजका अध्यक्ष पुरन राईले युवाहरु स्वस्फूर्त रुपमा भेला भएर घरदैलो कार्यक्रम गरेको बताए। उनले भने, “यो कार्यक्रम नितान्त युवाहरुले गरेको हो, लागुपदार्थको बढी प्रयोग हुने क्षेत्रहरुको पहिचान गरेर रुट तयार गरेका छौँ। हामी त्यस्ता स्थानमा स्थानीयलाई सचेत गराउदै जनचेतना जगाउन चाहान्छौ।”

कार्यक्रममा १०० जना भन्दा बढी युवा सहभागिता थियो। कार्यक्रमको शुरूवातमा बोल्दै बुद्धशान्ती वडा नम्बर ७ का वडाध्य्क्ष एवं कार्यक्रमका प्रमुख अतिथि मातृका पौडेलले युवाहरू सहि मार्गमा हिड्नसके समृद्धि टाढा नरहेको बताए। “युवाहरुले नै समाजालाई सहि मार्गमा डोर्याउन सक्छन्,राज्य र युवाबिच सहकार्य हुनसके समृद्धि टाढा छैन”,उनले भने।

कार्यक्रममा नेपाली काङ्ग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्मा,मुनामदन एकेडेमीका प्रधानाध्यापक चेतन ढुङ्गेल, बर्ने माविका केसि श्रेष्ठ लगायतको पनि सहभागीता थियो।

लागुपदार्थ बिरुद्ध नारा लेखिएका प्लेकार्ड सहित सहभागी भएका युवाहरुले टोलटोलमा सचेतता जगाउने पम्प्लेट समेत टाँसेका छन।

फोर सेभेन गाइज बुद्धशान्ति ४ र ७ नम्बर वडामा सामाजिक कार्यक्रम युवाहरुको समूह हो।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.