Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण

User Photo शुक्रबार, साउन ३०, २०७७
काठमाण्डाै ।

संघीय सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् ।

बाल रोग विशेषज्ञ डा. यादव आफू अहिले स्वस्थ्य रहेको प्रतिक्रिया दिए । सांसद डा. यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको बताए ।

‘ती बालकलाई सिरियस अवस्थामा उपचारका लागि ल्याइएको थियो । शुरुमा झाडापखाला लागेका बालकमा पछि निमोनिया पनि पुष्टि भएको थियो’ डा. यादवले भने, ‘पछि कोभिड जाँच गराउन भन्दा पोजेटिभ आयो ।’

उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । ‘शंका लागेर नौ दिनअघिदेखि नै आइसोलेसनमा बसेर स्वाब जाँच गराउन दिएको थिएँ’ उनले भने, ‘शुरुमा एकदमै शरीर दुखेपनि अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.