Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

प्रदेश १ का तीन मन्त्रीले दिए सामुहिक राजिनामा

User Photo आइतवार, पुस १२, २०७७
काठमाण्डाै ।

प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान सामुहिक राजिनामा दिएका छन्। सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाइ पदमुक्त गरेको भोली पल्ट तीन मन्त्रीको सामुहिक राजिनामा आएको हो।

नेकपा विवादको छिटा प्रदेश १ मा : मुख्यमन्त्री राईले गरे आर्थिक मामिलामन्त्री आङ्बोलाई बर्खास्त
प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै सोही पक्षका तीन मन्त्रीले पनि राजिनामा दिएका हुन्। आफू विरुद्धको अविश्वासको पत्रमा हस्ताक्षर गराउँदै हिँडेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेका थिए।

यसैबीच आज मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा प्रचण्ड–माधव पक्ष लागेको छ। अविश्वास प्रस्ताव दर्ता गराउन प्रदेशसभा सदस्यहरु विराटनगरमा भेला हुन थालेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.