
प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान सामुहिक राजिनामा दिएका छन्। सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाइ पदमुक्त गरेको भोली पल्ट तीन मन्त्रीको सामुहिक राजिनामा आएको हो।
नेकपा विवादको छिटा प्रदेश १ मा : मुख्यमन्त्री राईले गरे आर्थिक मामिलामन्त्री आङ्बोलाई बर्खास्त
प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै सोही पक्षका तीन मन्त्रीले पनि राजिनामा दिएका हुन्। आफू विरुद्धको अविश्वासको पत्रमा हस्ताक्षर गराउँदै हिँडेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेका थिए।
यसैबीच आज मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा प्रचण्ड–माधव पक्ष लागेको छ। अविश्वास प्रस्ताव दर्ता गराउन प्रदेशसभा सदस्यहरु विराटनगरमा भेला हुन थालेका छन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द