Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

आरडीटी किटबाट परिक्षण गर्दा सप्तरीमा थप दुई जनामा कोरोना पोजेटिभ

User Photo मङ्लबार, बैशाख २, २०७७
काठमाण्डाै ।

दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठमध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएकाे छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजेटिभ देखिएकाे हाे ।

सातजनाको आरडीटी टेष्ट गर्दा पाँच जनाको रिपोर्ट नेगेटिभ र दुई जनाको पोजिटिभ आएको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले बताएकाछन। सातै जनाको थ्रोट स्वाब लिएर पीसीआर टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले जानकारी दिए।

कोरोना पोजिटिभ दुवैलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको उनले बताए। गत मार्च ८ र ९ तारिखमा उनीहरु नयाँ दिल्लीको निजामुदिन मस्जितमा आयोजित मर्कज (धार्मिक भेला)मा सहभागी भएर जमाती (धर्म प्रचारक)को रुपमा सप्तरी फर्केका थिए। उनीहरु फर्केदेखि घरमै थिए। घरमै रहेका उनीहरु मर्कजबाट फर्केको सूचना पाएपछि स्थानीय प्रशासनले कोरोना परीक्षणका आग्रह गरेको थियो। सम्झाएपछि उनीहरुमध्ये सातजना मंगलबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा परीक्षणका लागि आएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए।

उनका अनुसार एकजना परीक्षणका लागि आएका छैनन्। सातजनाको परीक्षणका क्रममा दुई जनामा पोजेटिभ देखिएपछि उनीहरुको कन्टयाक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री खोज्न थालिएको छ। यसअघि प्रदेश २ कै वीरगञ्‍जमा दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भएका भारतका तीनजना नागरिकलाई कोरोना देखिएको पुष्टि भएको छ। त्यसैगरी वीरगञ्‍जमै चिया पसल चलाइरहेकी कैलालीकी ६५ वर्षीया वृद्धालाई पनि कोरोना देखिएको छ।

प्रदेश २ को रौतहटमा पनि दिल्लीबाटै आएका एकजना १९ वर्षीय युवकलाई कोरोना देखिएको छ। उनी र तीन भारतीयको नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। यसअघि मंगलबारै काभ्रेमा दुईजना र धादिङमा एकजना युवकको आरडीटी परीक्षण गर्दा कोरोना देखिएको थियो। काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनजनामा पनि आरडीटी परीक्षणबाटै कोरोना देखिएको थियो। जसमध्ये दुईलाई कोरोना पुष्टि भइसकेको छ। उनीहरु अहिले पाटन अस्पतालको आइसोलेसनमा छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.