Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

प्रहरीलाई समेत छल्दै क्वारेन्टाइनमा राखिएका ३ जना फरार

User Photo मङ्लबार, बैशाख ९, २०७७
काठमाण्डाै ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार बिहान फरार भएका छन् । भारतबाट आएका १ र उनको सम्पर्कमा पुगेका २ गरी ३ जनालाई क्वारेन्टाइनमा राखिएकोमा सबै फरार भएका हुन् ।

सोमबार साँझ कावासोती–३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएका ३ जना मंगलबार बिहानै भागेको कावासोती–१ का वडाध्यक्ष नारायण पन्तले जानकारी दिए ।

क्वारेन्टाइनबाट भागेकामध्ये कावासोती–१ का अर्जुन परियार ३ दिनअघि भारतको लुदियानाबाट घर आइपुगेका थिए । कावासोती नगरपालिकाभित्र रहेको क्वारेन्टाइनहरूमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् । अध्यक्ष पन्तका अनुसार, नगरप्रहरीलाई समेत छलेर उनीहरू भागेका हुन् ।

फरार तीनै जनाको नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिरहेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत् व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिए ।

कावासोती नगरपालिकामा क्वारेन्टाइनमा राखिएकामध्ये ९ जना घर फर्किएका छन् भने ८ जना त्यहीँ निगरानीमा छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.