नेपालमा आज थप दुई जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । उदयपुरका ५५ एक जना महिला र जनकपुरका १४ वर्षिय किशाेरमा संक्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित काेराेना व्रिफिङमा जानकारी गराएकाे हाे ।
याे संगै संक्रमित संख्या ४७ पुगेकाे छ । संक्रमित महिला त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।
साथै पाटन अस्पतालमा उपचाररत पेप्सीकाेलाका २ जना, ५८ बर्षिय पुरूप र ८१ बर्षिय महिला डिस्चार्ज भएका छन । याे संगै डिस्चार्ज हुनेकाे संख्या ९ पुगेकाे छ ।
