Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

नेपाल- भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको मृत्यु

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल- भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका- ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पु¥याइएको थियो । अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजु दाहालले बताए ।

शवको राजविराज अस्पतालमा परीक्षणपश्चात दाहसंस्कारका लागि परिवारका सदस्यहरुले झापाको चन्द्रगढी लगेको सशस्त्र प्रनाउ दाहालले जानकारी दिनुभयो । उच्च रक्तचापका कारण अचानक बेहोस भई मृत्यु भएको अनुमान गरिए पनि शव परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.